अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित
बिहीबार, ०६ वैशाख २०८१, १३ : १९

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकाे त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित भएका छन्। २० औँ सम्मेलनबाट भट्टको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
उपाध्यक्षहरूमा बालकृष्ण ओली, नवराज भुसाल, सन्चमाया सुब्बा निर्वाचित भएका छन् । यस्तै सचिवमा हिक्मत कुमार बुढा ,र सह-सचिवमा अमृत पन्थी, कल्पना खतिवडा, सौगात अधिकारी निर्वाचित भएका छन् । साथै कोषाध्यक्ष हृदय प्रसाद सापकोटा निर्वाचित भएका हुन्।
नयाँ कमिटी गठन गरिएकोबारे अनेरास्ववियुले त्रिवि प्रिन्सिपल कार्यालयलाई जानकारी गराइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने