गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत नलिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत नलिने भएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश दलका उपनेता लीलबहादुर थापाले मुख्यमन्त्रीले विश्वासको मतबारे अहिलेसम्म औपचारिक जानकारी नगराएकाे बताए । ‘फोनै फोनमा केही कुराहरू भएका छन् । तर लिपिबद्ध रूपमा दलमा छलफल गरिएको छैन । दलको बैठकमा जानकारी गराइएको छैन,’ उनले भने, ‘संसद् बैठकअघि दलको बैठक हुनेछ । सोही बैठकले आवश्यक निर्णय लिन्छ ।’
प्रदेशसभा नियमावलीमा २ दिनअघि नै विश्वासको मतको प्रस्तावबारे संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने नियम भएकोले सोही नियम एमालेले मानेर जाने उनको भनाइ छ । ‘नियमावली सबै पार्टीको लागि समान हो । एमालेले नियमावली मान्दैन होइन, मान्छ,’ उनले भने, ‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने भन्ने औपचारिक जानकारी हामीलाई छैन ।’
यसैगरी प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले विश्वासको मतको प्रस्ताव शुक्रवार ‘टेबुल’ नहुने बताए । ‘विश्वासको मतको प्रस्ताव पेस हुँदैन,’ उनले भने, ‘संसदीय व्यवस्था हामीले बुझेका छौँ ।’ संसद् सचिवालयमा रहेका विधेयकहरु टेबुल हुन सक्ने उनले बताए ।
यसैबीच सरकारका प्रवक्ता समेत रहेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले शुक्रबार विश्वासको मत नलिने भन्दै बोली फेरेका छन् ।‘संसद्को अधिवेशन डाकिएको हो,’ उनले भने, ‘अवस्था हेरेर अब विश्वासको मत लिने हो । यसका विधिहरू छन् ।’ यस अघिसम्म बिहीबार नै रातोपाटीसँग कुरा गर्दै चुमानले विश्वासको मत लिने तयारी भइरहेको बताएका थिए ।
उसो त कांग्रेस र राप्रपाले संसद् बैठक नै बहिष्कार गर्ने सम्भावना बढेपछि शुक्रबारको बैठक नै के हुने अन्योल छ ।
संसद् बैठककै दिन शुक्रवार कार्य व्यवस्थाको बैठक बोलाउने संसद् सचिव हरिराज पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल
-
भुवन गिरीले सफाइ पाएपछि विरोध प्रदर्शनमा उत्रिइन् आरती, प्रहरीले नियन्त्रणमा लिएर छाड्यो
-
११ सदस्यीय जुडो टोली मङ्गलबार राति थाइल्यान्ड जाने
-
विद्यालयको चाबी लिएर काठमाडाैँ आउन कर्मचारीलाई निर्देशन
-
शिक्षकबिनै सम्भव छ कक्षा १२ को परीक्षा ?
-
११ सदस्यीय जुडो टोली मंगलबार राति थाइल्यान्ड जाने