बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

बिहीबार, ०६ वैशाख २०८१, १९ : ५७
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका व्यक्तिहरूलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । चैत्र २०, २०८० देखि वैशाख ६, २०८१ सम्म करिब १७०० व्यक्तिहरूलाई बैंकले भोजनको व्यवस्था गरेको हो । 

बैंकले आफ्नो सत्रौँ वार्षिक उत्सव यही वैशाख ७ गते मनाउँदै छ । भोटु:इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौँका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो । 

सन् २०२० मा कोभिड १९ को सुरुवात सँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यको थालनी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ । 

साथै बैंकले आफ्नो १७औँ वार्षिकोत्सव को उपलक्ष्यमा बिहीबार कोशी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब १५० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरू समेत निःशुल्क वितरण गरेको छ । साथै आजै कोशी प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेस प्रदेशको महेन्द्रनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमी, थानकोट, भैँसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरूबाट रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप