‘सादा पोशाकको प्रहरी हौँ’ भनेर लुटेको आरोपमा दुई जना पक्राउ
बिहीबार, ०६ वैशाख २०८१, २२ : ४५
काठमाडौँ । ‘सादा पोसाकको प्रहरी हौँ’ भनेर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–७ घर भएर बौद्ध नयाँ बस्तीमा बस्ने सन्देश तामाङ र रोशी गाउँपालिका–३ घर भएका ३१ वर्षीय हिरालाल तामाङ छन् ।
चैत २ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित क्याफेमा उनीहले सप्तरीको राजविराज घर भएका विजय गोइतलाई ब्ल्याकमेलिङ्ग गरेर लुटेका हुन् । चिया खाइरहेका २४ वर्षीय गोइतलाई ‘तपाईं सुनको अवैध काम गर्नुहुन्छ भन्ने सूचना आएको छ’ भनेर साथमा रहेको ४० हजार नगद र कोठामा गएर सुनको रिङ लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण