बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘सादा पोशाकको प्रहरी हौँ’ भनेर लुटेको आरोपमा दुई जना पक्राउ

बिहीबार, ०६ वैशाख २०८१, २२ : ४५
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । ‘सादा पोसाकको प्रहरी हौँ’ भनेर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–७ घर भएर बौद्ध नयाँ बस्तीमा बस्ने सन्देश तामाङ र रोशी गाउँपालिका–३ घर भएका ३१ वर्षीय हिरालाल तामाङ छन् । 

चैत २ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित क्याफेमा उनीहले सप्तरीको राजविराज घर भएका विजय गोइतलाई ब्ल्याकमेलिङ्ग गरेर लुटेका हुन् । चिया खाइरहेका २४ वर्षीय गोइतलाई ‘तपाईं सुनको अवैध काम गर्नुहुन्छ भन्ने सूचना आएको छ’ भनेर साथमा रहेको ४० हजार नगद र कोठामा गएर सुनको रिङ लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप