बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह

बिहीबार, ०६ वैशाख २०८१, २३ : ११
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ ।  नेपाल विद्यार्थी सङ्घले नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालयको अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न आग्रह गरेको छ । साथै शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि स्थानीय तहमार्फत दबाब समेत दिइएको छ । 

यही विषयमा केन्द्रित संघको ५५ औँ स्थापना दिवसको अवसरमा रहेर नेविसङ्घको तर्फबाट  केन्द्रीय सदस्य सुवास घिमिरेको नेतृत्वमा बुढानीलकण्ठ नगरपालिकालाई बिहीबार ज्ञापन पत्र बुझाइएको छ।

ज्ञापन पत्रमा माटो सुहाउँदो शिक्षा हुनुपर्ने, सार्वजनिक शिक्षामा पालिकाको २०% बजेट अनिवार्य हुनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराइएको छ । 

ज्ञापन पत्र बुझ्दै उपमेयर अनिता लामाले नेपाल विद्यार्थी सङ्घले राखेका मागहरू जायज भएको र धेरै मागहरू कार्यान्वयन गर्न स्थानीय बिद्यालयहरुलाई निर्देशन दिएको जानकारी गराइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप