शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
बिहीबार, ०६ वैशाख २०८१, २३ : ११
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालयको अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न आग्रह गरेको छ । साथै शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि स्थानीय तहमार्फत दबाब समेत दिइएको छ ।
यही विषयमा केन्द्रित संघको ५५ औँ स्थापना दिवसको अवसरमा रहेर नेविसङ्घको तर्फबाट केन्द्रीय सदस्य सुवास घिमिरेको नेतृत्वमा बुढानीलकण्ठ नगरपालिकालाई बिहीबार ज्ञापन पत्र बुझाइएको छ।
ज्ञापन पत्रमा माटो सुहाउँदो शिक्षा हुनुपर्ने, सार्वजनिक शिक्षामा पालिकाको २०% बजेट अनिवार्य हुनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्र बुझ्दै उपमेयर अनिता लामाले नेपाल विद्यार्थी सङ्घले राखेका मागहरू जायज भएको र धेरै मागहरू कार्यान्वयन गर्न स्थानीय बिद्यालयहरुलाई निर्देशन दिएको जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण