बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा

शुक्रबार, ०७ वैशाख २०८१, ०७ : ०३
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । इङ्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । 

गएराती एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराए पनि आफ्नै मैदानमा बेहोरेको ३–० को पराजयले लिभरपुललाई प्रतियोगिताबाट बाहिर पुर्याएको हो । 

दोस्रो लेगमा मोहम्मद सलाहको सातौँ मिनेटको पेनाल्टी गोल निर्णायक बनेको थियो । अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेसँग प्रतिस्पर्धा गर्नेछ । मार्सेले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । 

यस्तै वेष्टह्याम युनाइटेडलाई समग्रमा ३–१ ले हराउँदै जर्मन क्लबबायर लिभरकुसेन र एसी मिलानलाई समग्रमा ३–१ ले हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम चारमा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप