बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी प्रकरण : ओम गुरुङको पक्षमा बहस हुँदै

शुक्रबार, ०७ वैशाख २०८१, १२ : १४
शुक्रबार, ०७ वैशाख २०८१

बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका सो सहकारीका अध्यक्ष ओम गुरुङको पक्षमा थुनछेक बहस सुरु भएको छ ।  पक्राउ परेका ६ जनाको विषयमा हिजो बहस सकिएपछि आज गुरुङको पक्षमा बहस सुरु गरिएको हो ।

गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी, यमलाल खनाल र शान्ता पौडेलले बहस गर्नेछन् ।  बिहीबार दीपेश पुन, रोशनी गुरुङ, दुर्गा चापागाईं सहितको पक्षमा ७ जना अधिवक्ताहरूले बहस गरेका  थिए ।

सुप्रिम सहकारी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ ।  पक्राउ परेका ७ जनाको पक्षमा थुनछेक बहस चलेको हो । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासमा सो मुद्दाबारे बहस भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप