एसीसी प्रिमियर कप क्रिकेट
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल
शुक्रबार, ०७ वैशाख २०८१, १२ : ३८

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पाँच बलमा तीन रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर बसिल हमिदले बोल्ड गरेका हुन् ।
९.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५० रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार
-
परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह
-
भारतको उक्साहटमा राजावादीको सक्रियता बढेको एमाले निष्कर्ष
-
वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थाल्यो
-
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने