एसीसी प्रिमियर कप क्रिकेट
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
शुक्रबार, ०७ वैशाख २०८१, १४ : १२
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
यूएईको दोस्रो विकेट गुलसन झाले लिएका हुन् । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान विष्णु सुकुमारनलाई कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । कुशल भुर्तेलले उत्कृष्ट क्याच लिए । आउट हुनुअघि विष्णुले २८ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन बनाए । ७.५ ओभरमा उनी आउट हुँदा यूएईले ५४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण