बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

गुलसनले नै लिए यूएईको तेस्रो विकेट

शुक्रबार, ०७ वैशाख २०८१, १४ : २२
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो तेस्रो विकेट गुमाएको छ । 

यूएईको तेस्रो विकेट पनि गुलसन झाले नै लिए । उनले यूएईका चौथो नम्बरका ब्याट्सम्यान आसिफ खानलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । गुलसनले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि आसिफ खानले ६ बलमा एक छक्काको मद्दतले १० रन बनाएका थिए । ९.४ ओभरमा उनी आउट हुँदा यूएईले ७० रन बनाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप