डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि

काठमाडौँ । नेपालमा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । गत वैशाखदेखि भदौसम्म सञ्चालन गरिएको ‘क्यामेरा ट्र्याप’ले डोल्पामा हिउँ चितुवाको सङ्ख्या १२० रहेको देखाएको हो ।
नेपालमा हिउँ चितुवाको बासस्थानमध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ । वन तथा भूसंरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्वमा ‘डब्ल्युडब्ल्युएफ’ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताले गरेको सर्वेक्षणमा पूर्वी डोल्पाको शेफोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्रका अतिरिक्त हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य)लाई आधार मानिएको हो ।
सर्वेक्षणमा प्रति एक सय वर्गकिलोमिटर क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको र अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको निष्कर्ष निकालिएको छ । यस्तै, ४ वर्षअघि निकुञ्ज क्षेत्रभित्र गरिएको सर्वेक्षणमा ९० वटा हिउँ चितुवा रहेको प्रकाशमा आएको थियो । यस आधारमा डोल्पामा कुल १२० हिउँ चितुवा रहेको सर्वेक्षकको दाबी छ ।
हिउँ चितुवा विश्वमै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा ४ हजारदेखि ६ हजार ५०० को सङ्ख्यामा रहेको अनुमान गरिएको छ ।
डब्ल्युडब्ल्युएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले हिउँ चितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन समुदायमा आधारित संरक्षणका प्रयासहरूलाई निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ