छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । झापा र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शक्रबार बेलुकी कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ चम्पापुरमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
चम्पापुर जङगलस्थित सडकमा बिग्रिएर रोकी राखेको लु २ त ६९२५ नम्बरको ट्याक्टरमा लु–६६ प ३२९१ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक विजयनगर गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र प्रसाद चौहानको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी अस्पताल चन्द्रौटा हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापामा पनि दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार राति जिल्लाको कचनकवल गाउँपालिका–६ स्थित सडकमा मे.८ प ८१७ नम्बरको मोटरसाइकल र बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक सोही गाउँपालिका–४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले पर्साको निर्वाचनमा विवाद, धाँधली भएको भन्दै तालाबन्दी
-
बागमतीमा साेमबार सार्वजनिक बिदा दिने सूचना राजत्रपमा प्रकाशित
-
मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित
-
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले थाल्यो छानबिन
-
६ जना सचिवको सरुवा : को कहाँ पुगे ?
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल