शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ

शनिबार, ०८ वैशाख २०८१, १३ : ०२
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । बर्दिया र दैलेखमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । शुक्रबार बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको

आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता, दैलेखमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका–४ मुङग्रा बस्ने २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका–६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप