शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित काठमाडौँबाट एक जना पक्राउ

शनिबार, ०८ वैशाख २०८१, १६ : २३
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका-३ नारायण गोपाल चोकबाट  नियन्त्रित लागु औषधसहित एक जना पक्राउ परेका छन् । दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौँ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुल बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप