शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको खेतमा लगाइएको आगोले नेपालका ४ घरमा क्षति

शनिबार, ०८ वैशाख २०८१, १७ : ००
शनिबार, ०८ वैशाख २०८१

वीरगन्ज । छिमेकी मुलुक भारतको गहुँ खेतमा लगाइएको आगोले पर्सामा चारवटा घर जलेर नष्ट भएको छ । विहार पश्चिमी चम्पारण थाना मैनाटार नजिकै रहेको बसनपुर क्षेत्रमा रहेको गहुँ खेतमा लगाइएको आगोले पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर–१ मा घरहरू जलेर नष्ट भएको प्रहरीले बताएको हो ।

भारतीयहरूले आफ्नो खेतको गहुँ काटिसकेपछि पराल नष्ट गर्नका लागि लगाएका ‘आगोको झिल्का’ उछिट्टिएर छिपहरमाइको भलुवहीयाको एक कुखुरा फर्ममा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । त्यही कुखुरा फर्मबाट सल्केको आगोले ४ वटा घर, एक कुखुरा फर्म, गोठ पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । 

योसँगै करिब १ बिघा खेतको गहुँसमेत जलेर नष्ट इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दमकल तथा स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए । 

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । क्षतिका बारेमा त्यसको विवरण सङ्कलन भइरहेको प्रहरीले जनायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप