भारतको खेतमा लगाइएको आगोले नेपालका ४ घरमा क्षति
वीरगन्ज । छिमेकी मुलुक भारतको गहुँ खेतमा लगाइएको आगोले पर्सामा चारवटा घर जलेर नष्ट भएको छ । विहार पश्चिमी चम्पारण थाना मैनाटार नजिकै रहेको बसनपुर क्षेत्रमा रहेको गहुँ खेतमा लगाइएको आगोले पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर–१ मा घरहरू जलेर नष्ट भएको प्रहरीले बताएको हो ।
भारतीयहरूले आफ्नो खेतको गहुँ काटिसकेपछि पराल नष्ट गर्नका लागि लगाएका ‘आगोको झिल्का’ उछिट्टिएर छिपहरमाइको भलुवहीयाको एक कुखुरा फर्ममा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । त्यही कुखुरा फर्मबाट सल्केको आगोले ४ वटा घर, एक कुखुरा फर्म, गोठ पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
योसँगै करिब १ बिघा खेतको गहुँसमेत जलेर नष्ट इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दमकल तथा स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । क्षतिका बारेमा त्यसको विवरण सङ्कलन भइरहेको प्रहरीले जनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण