सिल्भा : च्याम्पियन्स लिगमा खलनायक, एफए कपमा नायक
आइतबार, ०९ वैशाख २०८१, ०९ : १४

वेम्ब्ले । च्याम्पियन्स लिगमा बेहोरेको हार भुलाउँदै म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा सिटी १–० गोलले विजयी बन्यो ।
च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध पेनाल्टीबाट गोल गर्न चुकेका बर्नार्डो सिल्भा चेल्सीविरुद्धको खेलमा भने नायक बने । उनले खेलको ८४ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।
जितपछि सिटीले प्रिमियर लिग र एफए कप जित्ने सम्भावना कायम राखेको छ । टोलीले कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र च्याम्पियनसिप टोली कोभेन्ट्री सिटीमध्ये एकको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक तथा संगीतकार गणेश रसिकको निधन
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति