शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा दूध फाट्न नदिन अपनाउनुस् यी उपाय

आइतबार, ०९ वैशाख २०८१, १२ : ५६
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । देशभर गर्मी सुरु भइसकेको छ । यसको प्रभाव पनि देखिन थालेको छ । अचानक बढेको तापक्रमले धेरै समस्या निम्त्याइरहेको छ । गर्मी सुरु भएसँगै खानेकुरा छिटो छिटो बिग्रन थाल्छन् । खासगरी पकाएको खानेकुरा छिटै बिग्रन्छ । 

गर्मीको एउटा मुख्य समस्या भनेको दूध फाट्नु पनि हो । गर्मीका दिनमा दिनहुँ जसो दूध फाटेर हैरान बनाउँछ । बिग्रन नदिन दूधलाई राम्ररी उमालेर फ्रिजमा राख्नु वेश हुन्छ । तर फ्रिज नभएको ठाउँमा वा दिनभरि बिजुली काटिएको बेलामा के गर्ने ? यस्तो अवस्थामा त दूध जोगाउन निकै गाह्रो हुन्छ । 

फ्रिज बिनै दूधलाई फाट्न नदिने केही उपाय पनि छन् । आज हामी तपाईँलाई केही यस्ता टिप्स बताउनेछौँ, जसको सहायताले फ्रिजमा नराखीकनै दूधलाई २४ घण्टासम्म सजिलै ताजा राख्न सक्न सकिन्छ ।

१. दिनमा ३–४ पटक उमालेर राख्ने

दूध नफाटोस् भन्ने चाहनु हुन्छ भने २४ घण्टामा ३  देखि ४ पटकसम्म दूध उमालेर राख्नुस् । दूध उमाल्दाखेरि ग्यासको ठुलो आँच बनाउनु हुँदैन । सानो आँचमा राम्ररी तताउनुस् । हरेक पटक दूध उमाल्न हाल्दा २–३ पटक उमालेपछि मात्रै ग्यास बन्द गर्नु पर्छ । दूध सेलाएर मनतातो भए पनि यसलाई प्लेट वा जालीले हल्का ढाक्नुस् । कहिलेकाहीँ कुँडे पूरै ढाकेर राख्दा पनि दूध फाट्छ ।

२. दूधको भाँडोलाई सफा राख्ने

दूध फाट्नुको एउटा कारण भदालो फोहोर हुनु पनि हो । हरेक पटक दूध उमाल्दा भाँडो सफा छ कि छैन भनेर राम्ररी जाँच्नुस् । भाडा सफा गरेर मात्रै दूध उमाल्न हाल्नुस् । भाँडामा दूध हाल्नुअघि एक वा दुई चम्चा पानी हाल्नु । यसले दूधलाई भाँडोको पिँधमा टाँसिन दिँदैन ।

३. बेकिंग सोडाको प्रयोग

कहिलेकाहीं हामी दूध उमाल्न बिर्सन्छौँ । यस्तो भएको बेलामा दूधमा थोरै बेकिंग सोडा हाल्नुस् । यसले दूधलाई फाट्नबाट बचाउँछ । ग्यासमा दूध उमाल्न राख्दा त्यसमा एक चिम्टी बेकिङ सोडा मिसाएर चम्चाले विस्तारै चलाउनुस् । यसो गर्नु भयो भने दूध फाट्दैन । बेकिङ सोडा हाल्दा ध्यान दिनु पर्ने कुरा चाँहि के हो भने बेकिंग सोडा धेरै हाल्दा दूधको स्वाद बिग्रिन सक्छ । त्यसैले थोरै मात्र हाल्नु पर्छ ।

४. प्याकेटको दूधलाई यसरी राख्नुस्

शहरमा अधिकांशले प्याकेट दूधको प्रयोग गर्छन् । विज्ञहरूका अनुसार प्याकेट दूधलाई धेरै बेरसम्म उमाल्नु हुँदैन । दूधलाई कीटाणुमुक्त र संरक्षित राख्न कम्पनीले प्याकिङ गर्नुअघि दूधलाई राम्ररी तताइसकेको हुन्छ । यस्तो दूध धेरै बेर तताउँदा पोषक तत्त्व कम हुन्छ । प्याकेटको दूध ल्याउने बित्तिकै केहि घण्टा भित्र सक्काउने प्रयास गर्नुस् । यसलाई अलि बेर राख्न चाहनु हुन्छ भने जूटको बोरालाई चिसो पानीले भिजाउनुस् अनि दूधको प्याकेटलाई त्यो चिसो बोरामा बेरेर राख्नुस् । यसो गर्दा प्याकेटको दूध ५ देखि ६ घण्टासम्म सजिलै सुरक्षित रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप