चामलको बोराभित्र लागु औषध
काठमाडौँ । चामलको बोराभित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषधसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय राम लोचन मुखिया रहेका छन् ।
गत बिहीबार लागु औषध नियन्त्रण ब्युरो र नागढुङ्गा-थानकोट चेक पोष्टमा खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौँ उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट चामलको बोरा भित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषध २४७८ एम्पुल (डाईजेपाम ८४२, बुप्रेनोर्फिन ६८५, फेनारगन ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३३०८ ट्याब्लेट बरामद गरिएको छ ।

अनुसन्धानको क्रममा उक्त लागु औषध काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने जिल्ला सप्तरीको बरहथवा नगरपालिका-११ घर भई हाल जिल्ला काठमाडौँको बसुन्धारा बस्ने ४७ वर्षीय कमल अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।अधिकारीलाई गोङ्गबु बसपार्क काठमाडौँबाट पक्राउ गरी प्रहरी वृत्त थानकोटमा बुझाइ थप अनुसन्धान भइरहेको छ ।दुवैमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित सम्मानित जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण