सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

आइतबार, ०९ वैशाख २०८१, १९ : १६
आइतबार, ०९ वैशाख २०८१

धनुषा । धनुषामा एक महिलाको हत्या गरेको आरोपमा उनको श्रीमान् जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । सहिदनगर नगरपालिका-७ नेमुवाटोल बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको हत्या भएको थियो । 

घटनामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र सुदिपकै दाइ ६० वर्षीय उदित ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गत कात्तिक १० गते सुदिपले रेखालाई रिस आवेगमा बन्चरो प्रहार गरी हत्या गरी आफ्नै घरमा खाल्डो खनी गाडेका थिए । 

त्यसपछि कात्तिक ३० गते राति उदित समेतलाई बोलाई शव निकालेर टुक्रा बनाई स्थानीय कट्टी नदी किनारको झाडीमा फालेका थिए । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप