सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वटा सहकारीमा चोरी गर्ने ६ जना पक्राउ

आइतबार, ०९ वैशाख २०८१, २१ : ०६
आइतबार, ०९ वैशाख २०८१

झापा । झापा जिल्लामा रहेका विभिन्न १३ वटा सहकारीमा चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान रहेका छन् । उनीहरूले विभिन्न मितिमा १३ वटा सहकारीबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, मोबाइल फोन तथा चोरीमा प्रयोग हुने औजार बरामद गरेको छ । उनीहरूलाई शुक्रबार इटहरीबाट पक्राउ गरी आइतबार जिल्ला अदालत झापाबाट चोरी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको चन्दले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप