१३ वटा सहकारीमा चोरी गर्ने ६ जना पक्राउ
झापा । झापा जिल्लामा रहेका विभिन्न १३ वटा सहकारीमा चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान रहेका छन् । उनीहरूले विभिन्न मितिमा १३ वटा सहकारीबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, मोबाइल फोन तथा चोरीमा प्रयोग हुने औजार बरामद गरेको छ । उनीहरूलाई शुक्रबार इटहरीबाट पक्राउ गरी आइतबार जिल्ला अदालत झापाबाट चोरी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण