आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीको कञ्चनरुपमा आगलागी, २४ घर नष्ट

आइतबार, ०९ वैशाख २०८१, २१ : ०८
आइतबार, ०९ वैशाख २०८१

सप्तरी ।  सप्तरीको कञ्चनरुप नगरपालिका–५  पडेमराको सरदार टोलमा आज भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ । 

स्थानीय लालमोहन सरदारको गाईगोठमा बालेको आगोबाट  आगलागी सुरु भएको  थियो । आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

आगलागीमा परी आशा सरदारको दई वटा, लालबहादुर सरदारको दुई वटा, बिजुली सरदारको तीन वटा, बुटु सरदारको दुई वटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परवारको २४ वटा घर जलेको छ  ।

उक्त आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित रु २५ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए । 

    वैशाख महिना अत्याधिक हावाहुरीका कारण आगलागीको घटनामा वृद्धि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप