सप्तरीको कञ्चनरुपमा आगलागी, २४ घर नष्ट
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पडेमराको सरदार टोलमा आज भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ ।
स्थानीय लालमोहन सरदारको गाईगोठमा बालेको आगोबाट आगलागी सुरु भएको थियो । आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा परी आशा सरदारको दई वटा, लालबहादुर सरदारको दुई वटा, बिजुली सरदारको तीन वटा, बुटु सरदारको दुई वटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परवारको २४ वटा घर जलेको छ ।
उक्त आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित रु २५ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए ।
वैशाख महिना अत्याधिक हावाहुरीका कारण आगलागीको घटनामा वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण