शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राखी सावन्तलाई चार हप्ताभित्र आत्मसमर्पण गर्न अदालतकाे आदेश

सोमबार, १० वैशाख २०८१, १३ : २४
सोमबार, १० वैशाख २०८१

नयाँदिल्ली । बलिउड अभिनेत्री राखी सावन्तले जेल जानुपर्ने भएको छ । त्यहाँको सर्वोच्च अदालतले अभिनेत्री सावन्तले अग्रिम जमानत दिन गरेको माग निवेदन खारेज गरेको छ । 

अदालतले सावन्तलाई चार हप्ताभित्र तल्लो अदालतमा आत्मसमर्पण गर्न समेत भनेको छ । अभिनेत्री सावन्तमाथि आफ्ना पूर्वपति आदिल दुर्रानीको अश्लिल भिडियो लिक गरेको आरोप लागेको छ ।

राखी सावन्तले बम्बे हाइकोर्टको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिएकी थिइन् । यसअघि बम्बे हाईकोर्टले राखी सावन्तको अग्रिम जमानतको निवेदन खारेज गरिदिएको थियो । राखीका पूर्वपति आदिल दुर्रानीले राखीविरुद्ध अश्लिल भिडियो सार्वजनिक गरेको भन्दै एफआइआर दर्ता गरेका छन् । यस मामिलामा सावन्त पक्राउ पर्ने सम्भावना छ । अहिले उनीहरु दुवै अलग बस्छन् ।

यस्तो आदिलको आरोप

सावन्तका पति आदिल दुर्रानीले उपनगरीय अम्बोली प्रहरी थानामा सूचना प्रविधि ऐनको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गराएका छन् । सावन्तले आफूलाई बदनाम गर्न धेरै अनलाइन फोरमहरूमा दुवैको व्यक्तिगत भिडियो पोस्ट गरेको दुर्रानीले आरोप लगाएका छन् ।

के भन्छिन् राखी सावन्त ?

आफूलाई उत्पीडन गर्ने, दबाब दिने, झुटो र नक्कली मुद्दामा फसाउने उद्देश्यले आफू विरुद्ध एफआईआर दर्ता गरिएको आफ्नो पूर्व जमानत आवेदनमा  सावन्तले भनेकी छिन् । यो एफआईआर कानुनको प्रक्रियाको दुरुपयोग भएको र यसमा कुनै दम नभएको उनको भनाई छ । उनले वकिलमार्फत जमानत याचिका दायर गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप