शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्ला २४ घण्टामा १६ स्थानमा आगलागी, करोडौँको क्षति

सोमबार, १० वैशाख २०८१, १४ : २९
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार देशका कम्तीमा १६ वटा स्थानमा आगलागी भएको हो ।

  • कपिलवस्तु, महाराजगंज नगरपालिका-११ प्रभातनगर बस्ने पोरी भन्ने रामजस भरको घरमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित १० वटा घर जलेर करिब २५ लाख ४३ हजार ७ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
  • रामेछाप, रामेछाप नगरपालिका-३ ठाडोखोलास्थित जंगलमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने दुर्गा कुमार श्रेष्ठ, हिरा बहादुर प्रधान र खड्क बहादुर प्रधानको ३ वटा घरमा समेत आगलागी हुँदा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।  
  • यसैगरी रामेछाप, रामेछाप नगरपालिका-६ च्यास्कुस्थित नगटी बौद्ध सामुदायिक वन र बज्रकालिन फोक्किसङ सामुदायिक वनमा आइतबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जफर कुमार गोले समेत ४ जनाको २ वटा घर र ४ वटा गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।  
  • बारा, जितपुर सिमरा उपमहानगरपालिका-८ इमलिप्रतिस्थित नेपाल सेरामिक ईन्डस्ट्रिज प्रालि टायल्स कम्पनीमा  जेनेरेटरको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा जेनेरेटर र वाल पूर्णरूपमा जलेर करिब ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • अर्घाखाँची, भुमिकास्थान नगरपालिका-७ पानडाँडास्थित जंगलमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जंग बहादुर नेपालीको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ जलेर करिब ५ लाख रुपैयाँ बराबरको घनमाल नष्ट भएको छ ।
  • उदयपुर, ताप्लि गाउँपालिका-२ नारिमाल बस्ने उत्तम बहादुर मगरको घरमा आइतबार दिउँसो आगलागी भई बस्तीमा फैलिएर ३ वटा घर पूर्णरूपमा जलेर करिब २१ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • यसैगरी उदयपुर, लिम्चुङबुङ गाउँपालिका-५ चंलानेस्थित हुरूम्वा सामुदायिक जंगलमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने वाङ सिङ राई समेत ३ जनाको ३ वटा घरमा समेत आगलागी हुँदा करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका-६ रातमाटे बस्ने निर बहादुर कटवालको घर र गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब ८ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • पाल्पा, माथागढी गाउँपालिका-५ कमारे जंगलमा आइतबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ श्रीकडाँडा बस्ने शन्त विक र मन कुमारी विकको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर जलेर करिब ६ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • सिन्धुली, सुनकोशी गाउँपालिका-४ कोटगाँउस्थित फलासेघाँरी सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने राम प्यारी श्रेष्ठ समेत ५ जनाको ६ वटा घर र ४ वटा गोठमा समेत आगलागी हुँदा करिब २८ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  
  • सर्लाही, लालबन्दी नगरपालिका-१४ हात्तिसुरेस्थित सता सामुदायिक जंगलमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बुद्धिमान मोक्तान समेत ३ जनाको ३ वटा घर र २ वटा गोठमा समेत आगलागी हुँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  
  • इलाम, रोङ गाउँपालिका-४ सालबोटे बस्ने धन बहादुर तामाङको घर र भन्सा घरमा आइतबार राति आगलागी हुँदा भान्साघर, घर, नगद तथा जिन्सी सामान समेत जलेर करिब १४ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-७ भिरखर्क बस्ने कृष्ण बहादुर नेवारको घरमा आइतबार राति खाना पकाउने क्रममा ग्याँस लिक भई २ वटा सिलिण्डर पड्किएर आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।  
  • ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-५ चिलिमे बस्ने लामा नुपु शेर्पाको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर  पूर्णरूपमा जलेर करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  
  • सप्तरी, कन्चनरुप नगरपालिका-५ परेमारास्थित सरदार टोलमा लाल मोहन सरदारको गोठमा आइतबार दिउँसो आगलागी भई उक्त आगो फैलिएर १२ जनाको २४ वटा घरहरू जलेर करिब २४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • रौतहट, गुजरा नगरपालिका-२ कटानी टोल बस्ने गनी महमद अन्सारीको घरमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा घर, घरमा रहेको ईलेक्ट्रोनिक पसलका सामानहरू जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप