शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले बुझायो देशभरका ७५३ वटै पालिकालाई ज्ञापनपत्र

सोमबार, १० वैशाख २०८१, १७ : ३९
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशभरका स्थानीय तहहरूलाई शिक्षाको सुधारका लागि विभिन्न माग अघि सारेर ज्ञापनपत्र बुझाएको छ । नेविसंघको ५५ औँ स्थापना दिवसको अवसर पारेर ७५३ वटै पालिकाहरूमा ज्ञापनपत्र बुझाएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको गत चैत्र २२ गते सम्पन्न केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकका निर्णय कार्यन्वयन गर्न तथा विद्यालयमा अध्ययनरत विद्यार्थीको साझा समस्या समाधान गर्न बैशाख ६ गते पालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष शेर्पाले बताए ।

ज्ञापनपत्र बुझाएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले नेपालको संघीय संरचना अनुरूप ७५३ वटै पालिकाहरूमा १७ बुँदे सुझाव सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत वैशाख ६ गते ६१३ पालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

विविध कारणबस ज्ञापनपत्र बुझाउन नसकिएका बाँकी १४० पालिकामध्ये १२७ पालिकामा वैशाख ९ गते सम्म बुझाइएको र बाँकीमा १३ पालिकामा समेत इमेलमार्फत पठाइएको अध्यक्ष शेर्पाले बताए ।

१७ बुँदामा सम्मिलित सुझाव तथा माग पत्रमा उठाएका सवाल स्थानीय सरकारका लागि सहयोगी सामाग्री तथा मार्गदर्शन बन्नेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष शेर्पाले बताए । सार्वजनिक शिक्षाप्रति आमनागरिक तथा विद्यार्थीको भरोसा आर्जन गर्दै सरकारी र निजी विद्यालय शिक्षामा देखिएको खाडल पुर्ने यात्राको प्रारम्भ समेत हुने अपेक्षा लिइएको बताए । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप