शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना पूर्णरूपमा नियन्त्रणमा आउन सकेन, दैनिक २३ जना संक्रमित फेला

सोमबार, १० वैशाख २०८१, १७ : ५५
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो समय दैनिक रूपमा २३ जना कोरोना  संक्रमित फेला पर्न थालेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार दैनिक रूपमा जाँच गराउनेमध्ये देशभर २३ जनामा कोरोना भाइरस पुष्टि हुने गरेको छ । 

मौसम परिवर्तनसँगै आएको समस्याका कारण अस्पताल पुग्ने गर्भवती, बालबालिका, वृद्धवृद्धाहरुमा कोरोना भाइरस पुष्टि हुने गरेको डा. बुढाथोकीले बताए । कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड अपनाउन बुढाथोकीले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप