राजेन्द्र महतो र अनिल झालगायतलाई हटाएर लोसपाले मनोनीत गर्यो ३५ जना केन्द्रीय सदस्य
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो, अनिलकुमार झालगायत २९ जनालाई केन्द्रीय समितिबाट हटाएर ३५ जनालाई मनोनीत गरेको छ ।
नेता महतो र झालगायत केही नेताहरू पार्टी छाडेका छन् भने केही सम्पर्कमा नरहेको र दुई जनाको निधन भइसकेको छ । यी सबै मिलाएर २९ जनाको नाम केन्द्रीय समितिबाट हटाएर ३५ जनाको नाम थपेर लोसपाले ३१७ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
यसअघि ३११ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । २९ जनालाई हटाएपछि २८२ केन्द्रीय सदस्य कायम भएको थियो । त्यसमा सोमबार ३५ जनालाई मनोनीत गरेर ३१७ सदस्यीय बनाएको छ । विधान अनुसार लोसपाको केन्द्रीय समिति ४०१ सदस्यीय हुनुपर्छ । अर्को हप्ताभित्र अरू थप ८४ जना मनोनीत गरेर केन्द्रीय समितिलाई पूर्णता दिइने लोसपाले जनाएको छ ।
केन्द्रीय समितिले पूर्णता पाएपछि त्यसको जानकारी निर्वाचन आयोगलाई गराउने लोसपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण