राजेन्द्र महतो र अनिल झालगायतलाई हटाएर लोसपाले मनोनीत गर्यो ३५ जना केन्द्रीय सदस्य

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो, अनिलकुमार झालगायत २९ जनालाई केन्द्रीय समितिबाट हटाएर ३५ जनालाई मनोनीत गरेको छ ।
नेता महतो र झालगायत केही नेताहरू पार्टी छाडेका छन् भने केही सम्पर्कमा नरहेको र दुई जनाको निधन भइसकेको छ । यी सबै मिलाएर २९ जनाको नाम केन्द्रीय समितिबाट हटाएर ३५ जनाको नाम थपेर लोसपाले ३१७ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
यसअघि ३११ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । २९ जनालाई हटाएपछि २८२ केन्द्रीय सदस्य कायम भएको थियो । त्यसमा सोमबार ३५ जनालाई मनोनीत गरेर ३१७ सदस्यीय बनाएको छ । विधान अनुसार लोसपाको केन्द्रीय समिति ४०१ सदस्यीय हुनुपर्छ । अर्को हप्ताभित्र अरू थप ८४ जना मनोनीत गरेर केन्द्रीय समितिलाई पूर्णता दिइने लोसपाले जनाएको छ ।
केन्द्रीय समितिले पूर्णता पाएपछि त्यसको जानकारी निर्वाचन आयोगलाई गराउने लोसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह