शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ

मङ्गलबार, ११ वैशाख २०८१, २० : ४९
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–४ लाकु घर भएका ५७ वर्षीय श्याम शेर राई छन् । उनले ६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ ।

आइतबार ज्यान मार्ने धम्की दिएर आरोपीले बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप