सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ

बुधबार, १२ वैशाख २०८१, ०८ : २८
बुधबार, १२ वैशाख २०८१

रौतहट । बाराको सदरमुकाम कलैया स्थित गए राति चर्को आवाजमा डिजे बजाउने दुई जनालाई साउण्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

कलैया उप–महानगरपालिका कलैया बजार एरियामा ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा गए राति ९ बजे बजरंग डिजे बडकी फुलबरीयाका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका  १० का २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका  १ का ५० वर्षीय जयराम सिंह रहेका बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताएका छन्।

चर्को आवाजमा डीजे बजाउँदा मानव स्वास्थ्य माथि नकारात्मक प्रभाव पर्ने भएकाले बारा प्रहरीले पटक पटक त्यस्तो नगर्न गरेको सूचनाको बेवास्ता गर्दा उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप