अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यता झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका–५ बस्ने २० वर्षीय मनिष मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै दमक नगरपालिका–९ क्याम्पस मोडबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका–९ घर भएका २४ वर्षीय सुजन दाहाल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापाकै दमक नगरपालिका(१ हिमालय टोलबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय हर्क बहादुर कुमालसहित ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका–७ तातिगाँउबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो दखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्रामसहित मधुवन नगरपालिका–९ बस्ने ३० वर्षीय ईश्वर नेपाली समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण