अनन्त अम्बानी र राधिका मर्चेन्टले बेलायतमा बिहे नगर्ने
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ फङ्शनका तस्वीर र भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भए । गुजरातको जामनगरमा आयोजित तीन दिने कार्यक्रममा सारा बलिउड आएको थियो । यतिबेला यी दुबैको बिहे कस्तो होला भन्ने चर्चा शुरु भएको छ ।
यसअघि बिहे आबुधाबी र लन्डनमा हुने खबर आएको थियो । तर अब भने यी ठाउँमा बिहे नहुने खबर आएको छ । रिपोर्टका अनुसार अनन्त र राधिकाको बिहे लन्डनको स्टेक पार्क इस्टेटमा हुने वाला थियो । बेहुलाको आमा निता अम्बानीले बिहेको सबै व्यवस्था हेरिरहेकी छिन् । निता आफैंले बिहेको तीन दिने कार्यक्रमको योजना तयार पारेकी थिइन् । अनन्तकी दिदी इशा अम्बानीले आफ्नो इन्ष्टाग्राम एकाउन्टमा लन्डनमा बिहे हुने कुराको जानकारी दिएकी थिइन् ।
तर अब भने बिहे लन्डनमा नभएर मुम्बईबाट हुने खबर आएको छ । यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने आएको छैन । प्रि–वेडिङमा जस्तै बिहेमा पनि बलिउडदेखि अधिकांश ठूला उद्योगपतिहरु आउनेछन् । जुलाईमा हुन लागेको बिहेमा आउने पाहुनाको सूचिमा शाहरुख खान, सलमान खान, बच्चन परिवार, रणवीर–दीपिका पदुकोण, विराट–अनुस्का, रणबीर–आलिया, विक्की कट्रिना सबै पर्न सक्ने आशा गरिएको छ ।
उद्योग र राजनीति क्षेत्रका कयौं नाचिन हस्ती पनि आउन सक्नेछन् । अनन्त र राधिकाको प्रि–वेडिङ शानदार तरिकाले भएको थियो । यसमा बलिउडदेखि हलिउडसम्मका कयौं स्टार आएका थिए । प्रि–वेडिङ नै त्यति शानदार थियो । यसैबाट बिहे कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण