सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधका रूपमा प्रयोग हुने औषधि बिक्री गर्ने मेडिकलका ३ जना पक्राउ

बुधबार, १२ वैशाख २०८१, १८ : ५०
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । नियन्त्रित लागु औषधको रूपमा प्रयोग हुने औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना फार्मेसी सञ्चालकहरूलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा मेडिकल पसल सञ्चालन गरी लागु औषधको रूपमा प्रयोग हुने औषधि बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो तथा औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले फार्मेसी पसलमा छापा मारेको हो ।

प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बुधबार कागेश्‍वरी न.पा. वडा नं. ८ स्थित गोगो फार्मेसीका सञ्चालक सर्लाही बर्थहवा नगरपालिका-९ घर भएका २६ वर्षीय निरस कुमार महतोलाई पक्राउ गरिएको छ । त्यस्तै मध्यपुर ठिमी नगरपालिका–९ बोडेको टिसा फार्मेसीका सञ्चालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बस्ने ३३ वर्षीय राजु सिपाई र उक्त फार्मेसीमा कार्यरत सर्लाही मलंगवा नगरपालिका-१० बस्ने २० वर्षीय सतेन्द्र यादवलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले जानकारी दिए ।

खानतलासीका क्रममा टोलीले लागु औषधको रूपमा प्रयोग हुने औषधि पनि बरामद गरेको छ । तीनै जनालाई पक्राउ गरी थप  अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप