खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी फेसबुकको मातृ कम्पनी मेटाको शेयर मूल्य खुम्चिएको छ । कम्पनीले अपेक्षा गरिएभन्दा राम्रो कमाई गरेको भएपनि अमेरिकामा नियमित समयपछि कम्पनीको शेयर मूल्य घटेको हो । कम्पनीले यस वर्ष कृत्रिम बौद्धिकतामा व्यापक खर्च गर्ने योजना बनाइरहँदा खर्च निकै धेरे हुने बताएपछि यसको असर शेयरको मूल्यमा देखिएको हो ।
सन् २०२४ मा कम्पनीले ३० देखि ४० अर्ब डलरबिच खर्च गर्ने अपेक्षा गरेको बताएपछि कम्पनीको शेयर मूल्य १५ प्रतिशतले घटेको थियो । यो यस अघि अनुमान गरेको भन्दा धेरै हो । यस अघिको प्रक्षेपणमा भने खर्चको आकार ३० डलरदेखि ३७ डलरबिच रहन सक्ने बताइएको थियो ।
कम्पनीले सामाजिक सञ्जाल मञ्चहरूमा च्याट असिस्टेन्टजस्ता थप एआई फिचर पनि ल्याइरहेको छ । मेटाले आम्दानी बढाउन आफ्नो एड किन्ने प्रडक्टहरूलाई पनि एआई अपडेट गरिरहेको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी २७ प्रतिशतले बढेर ३६ अर्ब ४६ करोड डलरमा पुगेको छ । सो अवधिमा आम्दानी ३६ अर्ब १६ करोड डलर हुने अनुमान गरिएको थियो । कम्पनीको खर्च योजना आक्रामक रहेको केही विश्लेषकहरूले बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण