शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना

बिहीबार, १३ वैशाख २०८१, १३ : ३०
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा सुमो दुर्घटनाग्रस्त भएको छ । रोकिराखेको गाडी एकाएक ब्याक भएर सडकबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो ।

बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप