पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
वीरगन्ज । पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वीरगन्जबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आइरहेको सो मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
दुइवटै मोटरसाइकलमा सवार अन्य तीन जना भने खत्तरामुक्त रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले बताए । दुर्घटनामा परेका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा मोरटसाइकल चलाइएकोले दुर्घटना भएको हुनसक्ने आकलन प्रहरीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण