टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो ।
रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारीलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ ।
यस्तै सर्वोच्चले पूर्वसभासद् आङ्टावा शेर्पा र अर्का आरोपी गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले शेर्पासँग ३० लाख र चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
यस्तै शमशेर मियाँको हकमा भने उच्च अदालतले दिएको आदेश बदर भएको छ । २०८० मंसिर १५ मा उच्च अदालत पाटनले मियाँलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद
-
राजसंस्था पुनर्स्थापना लागि आन्दोलनमा उत्रिने घोषणा
-
विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’
-
सांसदहरूसँग लञ्च मिटिङ गरेर प्रहरीले नक्सालमै बुझाएको थियो १९ बुँदे प्रस्ताव