हरिपूर्वामा आगोले चार घर जले
बिहीबार, १३ वैशाख २०८१, २३ : ००
बरहथवा । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले जलेर आज चार घर नष्ट भएका छन् । स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर आगोले जलेर खरानी भएको छ ।
अन्य केही घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हुँदै थियो । सोही क्रममा एक्कासी आगलागी भएको हो । आगलागीबाट विवाहका लागि ल्याएको लत्ता कपडा, अन्नपात, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ ।
स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन बारुणयन्त्र प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । आगलागीबाट भएको क्षतिको प्रहरीले विवरण सङ्कलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित
-
कन्सुलर सेवा प्रवाहबारे कूटनीतिक अधिकारीहरूसँग छलफल
-
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज
-
गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ
-
कोशी प्रदेश सरकारको स्थायी संरचना बनाउने प्रक्रिया साढे २ वर्षदेखि ठप्प
-
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै