मैत्रीपूर्ण टी–२० प्रतियोगिता
२६ रन बनाउँदै आउट भए गुलसन झा
आइतबार, १६ वैशाख २०८१, १४ : ५४
काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ ।
नेपालले पाँचौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो । आउट हुनुअघि उनले ११ बलको सामना गरी दुई छक्का र तीन चौकाको मद्दतले २६ रन बनाएका थिए । उनलाई क्यारेबियन बलर रोस्टन चेजले बोल्ड गरेका हुन् । ८.२ ओभरमा गुलसन आउट हुँदा नेपालले ६१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण