मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच आज एकता हुँदै, वैद्यको नेतृत्वमा आयोजक समिति गठन

बुधबार, १९ वैशाख २०८१, १० : ३६
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच दिउँसो एकता घोषणा हुँदै छ । बुधवार दिउँसो १२ बजे बानेश्वरमा एकता घोषणा हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले जानकारी दिए । 

मंगलबार बसेको दुवै पार्टीको संयुक्त बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको थियो । संयोजकमा मोहन वैद्य किरण र सहसंयोजकमा धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली रहेका छन् । 

२५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय गठन गरेको छ । ५७८ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गरेको सिंहले बताए । घोषणासभाअघि पशुपतिबाट मार्चपास गर्नेछ । साउनभित्र महाधिवेशन गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप