मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

शाहरुख–सलमानसँग चाँडै फिल्म गर्ने आमिरको घोषणा

बुधबार, १९ वैशाख २०८१, १३ : ३३
बुधबार, १९ वैशाख २०८१

मुम्बई । आमिर खान हालै ‘द ग्रेट इन्डियन कपिल शो’ मा देखिएका थिए । उनले कार्यक्रममा आफ्नो जीवनसँग जोडिएका थुप्रै किस्साहरू सुनाएका थिए । कपिल शर्माले यस एपिसोडको बिहाइन्ड द सिन (बीटीएस) पनि साझा गरेका छन् । जसमा अडियन्समा बसेका एक व्यक्तिले आमिरलाई शाहरुख खान र सलमान खानसँग कहिले सँगै काम गर्नुहुन्छ भनेर प्रश्न गर्छन् ।

जवाफमा आमिरले भन्छन्, ‘तपाईंले मेरो मन कुरा भन्नुभयो । मैले केही दिनअघि मात्र शाहरुख र सलमानसँग यो विषयमा कुराकानी गरेको थिएँ । मैले उनीहरूलाई हामीले एउटा फिल्म त सँगै गर्नु नै पर्छ भनेर भनेँ । यदि हामीले एउटा फिल्ममा सँगै काम गरेनौँ भने हाम्रो फ्यानहरूका लागि यो गलत हुनेछ ।’

आमिरले थपे, ‘हामी तीनै जना चलचित्र गर्न तयार छौँ । मात्र राम्रो कथाको प्रतीक्षा छ ।’ उनले हालै सलमान उनको घरमा आएको पनि सुनाए । कार्यक्रममा आफूले लगाएको जिन्स पनि सलमानले नै ल्याइदिएको उनको भनाई थियो । सलमानले आफ्नो लागि लुगाहरू ल्याइदिई राख्ने पनि उनले खुलाए ।

अर्का एक व्यक्तिले आमिरलाई चलचित्र नचलेपछि तपाईं के गर्नुहुन्छ भनेर आमिरलाई सोधेका थिए । जवाफमा आमिरले भने, ‘म आफ्नो गल्तीबाट सिक्छु । मेरो चलचित्र लाल सिंह चड्ढा चलेन । यसले हामी सबैलाई नराम्रो लाग्यो । हामीले फिल्ममा निकै मेहनत गरेका थियौँ । तर, दर्शकलाई केही कमी लाग्यो होला ।’

उनले आफ्नो जीवनमा सबैभन्दा धेरै कुरा आफ्नै हारबाट सिकेको पनि जिकिर गरे । उनले भने, ‘आगामी फिल्ममा यस्तो गल्ती दोहोर्‍याउने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप