शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आर्सनललाई ४ अङ्कको अग्रता

शनिबार, २२ वैशाख २०८१, २० : १५
शनिबार, २२ वैशाख २०८१

लण्डन । बोर्नेमाउथमाथि सहज जित हासिल गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा आर्सनल ३–० गोलले विजयी बनेको हो ।

पहिलो हाफमा पूर्ण नियन्त्रण बनाएको आर्सनलले हाफटाइमको ठिकअघि बुकायो साकाको पेनाल्टीमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको ७० औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा डेक्लन राइसले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको बोर्नेमाउथका लागि डोमिनिक सोलांकेको प्रहार आर्सनलका गोलकिपर डेभिड रायाले बचाऊ गरेका थिए ।

३६ खेलपछि आर्सनलको ८३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७९ अङ्क छ । तर, सिटीले दुई खेल कम खेलेको छ । सिटीले शनिबार नै वूल्भ्सको सामना गर्दैछ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप