आर्सनललाई ४ अङ्कको अग्रता
शनिबार, २२ वैशाख २०८१, २० : १५
लण्डन । बोर्नेमाउथमाथि सहज जित हासिल गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा आर्सनल ३–० गोलले विजयी बनेको हो ।
पहिलो हाफमा पूर्ण नियन्त्रण बनाएको आर्सनलले हाफटाइमको ठिकअघि बुकायो साकाको पेनाल्टीमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको ७० औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले टोलीको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा डेक्लन राइसले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको बोर्नेमाउथका लागि डोमिनिक सोलांकेको प्रहार आर्सनलका गोलकिपर डेभिड रायाले बचाऊ गरेका थिए ।
३६ खेलपछि आर्सनलको ८३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७९ अङ्क छ । तर, सिटीले दुई खेल कम खेलेको छ । सिटीले शनिबार नै वूल्भ्सको सामना गर्दैछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण