जनकपुरमा सहकारी कर्मचारीले बोकेका ८० लाख लुटियो
सोमबार, २४ वैशाख २०८१, १४ : ००
काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ मा सहकारी कर्मचारीको साथबाट ८० लाख लुटपाट भएको छ । हिमालयन बैंकबाट रकम निकालेर रघुनाथपुर स्थित शुभश्री बचत तथा ऋण सहकारीतर्फ लैजाँदै गर्दा ३ जना अपरिचितले रकम लुटेर भागेका हुन् ।
सहकारी संस्थाका कर्मचारी विरेन्द्र महतोको साथमा भएको पैसाको झोला लुटेर मोटरसाइकलमा आएका ३ जना फरार भएका हुन् । घटनामा संलग्नहरूको खोजी भइरहेको मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण