आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा सहकारी कर्मचारीले बोकेका ८० लाख लुटियो

सोमबार, २४ वैशाख २०८१, १४ : ००
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ मा सहकारी कर्मचारीको साथबाट ८० लाख लुटपाट भएको छ । हिमालयन बैंकबाट रकम निकालेर रघुनाथपुर स्थित शुभश्री बचत तथा ऋण सहकारीतर्फ लैजाँदै गर्दा ३ जना अपरिचितले रकम लुटेर भागेका हुन् ।

सहकारी संस्थाका कर्मचारी विरेन्द्र महतोको साथमा भएको पैसाको झोला लुटेर मोटरसाइकलमा आएका ३ जना फरार भएका हुन् । घटनामा संलग्नहरूको खोजी भइरहेको मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप