सन्दीपले विश्वकप खेल्न पाउलान् ?

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।
नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।
अर्कोतिर, नेपालका चर्चित लेग–स्पिनर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । उक्त मुद्दाको पेसी जेठ १ गतेका लागि तोकिएको छ । त्यसअघि आइतबार सन्दीपको मुद्दा सुनुवाइका लागि उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको थियो ।
तर, उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेपछि सुनुवाइको अर्को मिति जेठ १ गतेका लागि तोकिएको हो । त्यसअघि अघिल्लो आइतबार अदालतले उक्त मुद्दालाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
यतिबेला क्रिकेटर सन्दीपका थुप्रै समर्थकले सामाजिक सञ्जालमार्फत उनले न्यायालयबाट सफाइ पाएमा विश्वकप खेल्न पाउने वा नपाउने विषयमा विभिन्न टिप्पणी गरिरहेका छन् ।
उच्च अदालतबाट सफाइ पाएमा सन्दीपले प्राविधिक रुपमा आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना भने रहन्छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।
आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ । त्यसैले त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ ।
अहिले सन्दीपको सुनुवाइका लागि तोकिएको पछिल्लो मिति अर्थात् जेठ १ गते भनेको मे १४ तारिखमा पर्छ । त्यसपछि पनि विश्वकपमा सहभागी राष्ट्रहरूले आफ्नो टोलीमा परिवर्तन गर्न पाउने समय १० दिन बाँकी रहन्छ । त्यसैले अन्य कुनै प्रतिकूल परिस्थिति सिर्जना नभएमा र सन्दीपले जेठ १ गते उच्च अदालत पाटनबाट सफाइ पाएमा उनले विश्वकप खेल्न पाउने सम्भावना कायम रहन्छ ।
काठमाडौँ जिल्ला अदालतले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर गरेर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए