अपराध
ठमेलबाट दुई चिनियाँसहित ३ जना पक्राउ, हुन्डी कारोबारमा संलग्न
मङ्गलबार, २५ वैशाख २०८१, ११ : ४३
काठमाडौँ । राजधानीको ठमेलबाट दुई जना चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले तीन जना पक्राउ परेको जानकारी दिँदै उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनका अनुसार ठमेलस्थित होटल ज्याङ्सुबाट सुरुमा एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको उनको साथबाट करिब ३५ लाख रुपैयाँ बरामद भएको छ । त्यसपछि ठमेलकै अर्को ठाउँबाट थप एक चिनियाँ नागरिक र अर्का एक नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइएको उनको भनाइ छ । उनीहरूको साथबाट करिब ९ लाख रुपैयाँ बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण