स्वास्थ्य
सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बिरामी, काठमाडौँबाट हेलिकोप्टर पठाइयो
मङ्गलबार, २५ वैशाख २०८१, १२ : ५२
काठमाडौँ । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।
मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । उनको प्रेसर पनि अत्यधिक लो रहेको बताइएको छ ।
सेनाको हेलिकोप्टरले उनलाई काठमाडौँ ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ । त्यसअघि उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको जनाइएको छ । मुख्यमन्त्री जम्कट्टेल खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण