सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जग्गा छ भन्दैमा रुख–बिरुवामा लगानी गर्न भएन : पूर्वअर्थमन्त्री खतिवडा

बुधबार, २६ वैशाख २०८१, १३ : ४४
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय कम्पनीले मात्र नभएर सहकारीले पनि कर्जा लगानीको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीको दोस्रो दिन सम्बोधन गर्दै डा. खतिवडाले सहकारीहरूले कर्जा लगानीको सुरक्षण नहेरेकै कारण समस्या भएको बताएका हुन् । 

धितो, जग्गा देख्ने बित्तिकै कर्जा लगानी गर्ने परिपाटीले बैंक तथा वित्तीय संस्थाहरू समेत पछिल्लो समय फसेको तर्क गर्दै डा. खतिवडाले सहकारी संघ संस्थाहरूले पनि यस्तो गल्ती गर्न नहुनेमा जोड दिए । ‘जग्गा देख्यो कि लगानी गरिहाल्ने, रुख, बिरुवा सबैमा लगानी गर्दा समस्या आएको हो,’ डा.खतिवडाले भने, ‘सहकारी सदस्य केन्द्रित कारोबारमा रहने भए पनि लगानीको सुरक्षणमा पूर्ण सुरक्षित हुनुपर्छ ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले पनि कुन ठाउँमा कस्तो परियोजनालाई कर्जा लगानी गर्ने भन्ने ख्याल नगर्दा कर्जा लगानी डुबेको र खराब कर्जाको दर बढेको जिकिर गर्दै यस्तो समस्या सहकारी क्षेत्रमा विकराल रहेको उनले बताए । 

लगानी उठ्न नसक्दा पछिल्लो समय सयौँ सहकारी संस्थाहरू सङ्कटमा परेका छन् । बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न नसक्दा धेरै सहकारी संस्था र तिनका सञ्चालकहरू भागाभागको स्थितिमा छन् । 

दैनिक जसो सहकारी ठगीका सयौँ उजुरी परिरहेको अवस्थामा हालसम्म २० वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् । यी २० वटा समस्याग्रस्त सहकारीको हिसाब राफसाफ गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मा लगाएको अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप