ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष” को CSR कार्यक्रमहरु अन्तर्गत ई-नेबल नेपाल नामक संस्था मार्फत १५ जना बालबालिकाहरुलाई 3D Printed Prosthetic हात हस्तान्तरण गरेको छ।
ई-नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा उक्त कृत्रिम हातहरु आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको हो । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ।
कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परि हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको बैंकले जनाएको छ। बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरु बालबालिकाको पठन-पाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरेको छ।
ज्योति विकास बैंकले आफ्नो १५ औ वार्षिकोत्सवको अवसरमा ई-नेबल नेपालसंग सहकार्य गरी १५ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो। 3D प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औंलाहरू चलाउन पनि सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण