‘हिरामण्डी’ को सुटिङका क्रममा डिप्रेसनमा थिइन् मनीषा
काठमाडौँ । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ ओटीटीमा रिलिज भएको धेरै दिन बितिसकेको छ । यस शृङ्खलामा निभाएको मल्लिकाजनको भूमिकाका लागि मनीषा कोइरालाको निकै प्रशंसा भइरहेको छ ।
यो पात्र निभाउनका लागि नायिकाले निकै मिहिनेत गरेकी छिन् । हालै एक अन्तर्वार्तामा कोइरालाले ‘हिरामण्डी’ को सुटिङका क्रममा आफू डिप्रेसनमा रहेको बताएकी छिन् । सुटिङका क्रममा उनको मानसिक स्वास्थ्यमा असर परेको उनको भनाई थियो ।
अभिनेत्री कोइरालाले क्यान्सरसँग लडेको कुरा सबैलाई थाहा छ । यो रोगले उनको जीवनमा गहिरो प्रभाव पारेको छ । अभिनेत्रीले आफूलाई क्यान्सरले कसरी असर गर्यो र कसरी उनी डिप्रेसनको सिकार भइन् भन्ने खुलासा गरिन् ।
अभिनेत्रीले भनिन्, ‘मलाई थाहा छ शरीर र दिमागको स्वास्थ्य कसरी जोडिएको हुन्छ । ‘हिरामाण्डी’ को सुटिङका क्रममा म नराम्ररी डिप्रेसनमा फसेकी थिएँ । त्यो समयमा मलाई लाग्यो कि मैले कुनै न कुनै रूपमा समय बिताएर आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ ।’
मनीषा कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो । उपचारका क्रममा उनको कपाल समेत झरेको थियो ।
सुरुमा उनलाई सामान्य फुड पोइजनिङ भएको लागेको थियो, जसका कारण उनको पेट बारम्बार फुल्ने गर्दथ्यो । त्यही क्रममा उनको तौल पनि अचानक घट्न थाल्यो ।
जब अभिनेत्रीले मुम्बईमा आफ्नो चेकजाँच गराइन्, तब उनलाई क्यान्सर भएको थाहा भयो । उनले न्युयोर्कमा धेरै किमो सेसनहरू पार गरेपछि उनी अहिले निको भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण