दुई ठुला कम्पनीबिच कानुनी विवाद, रोकिन्छ रणवीरको ‘रामायण’को सुटिङ ?
मुम्बई । ‘एनिमल’ पछि रणवीर कपुर अहिले नितिश तिवारीको पौराणिक फिल्म ‘रामायण’ मा आफ्नो चरित्रलाई परफेक्ट बनाउन आफ्नो पूरा मन लगाइरहेका छन् । यो फिल्मका लागि उनले आफ्नो तौल, लुक र भाषामा निकै मेहनत गरेका छन् ।
‘रामायण’ को सेट मुम्बईको फिल्मसिटीमा राखिएको छ र निर्माताले मार्चको अन्त्यमा नै फिल्मको छायांकन सुरु गरिसकेका छन् । अहिलेसम्म सेटबाट रणवीर कपुर, लारा दत्त र साई पल्लवीको क्यारेक्टरको तस्बिर पनि लिक भइसकेको छ ।
रामायणमा रणवीर कपुरले ‘श्री राम’ र साई पल्लवी सीताको भूमिका निभाइरहेका छन् । सेटबाट यी दुवैको लिक भएका तस्बिरहरू देखेपछि फ्यानहरूको जिज्ञासा बढेको छ । तर, फिल्मका कलाकारको फर्स्ट लुक सार्वजनिक हुनुअघि नै दुई ठुला कम्पनीबिच फिल्मको बौद्धिक सम्पत्तिको अधिकारलाई लिएर विवाद भएपछि फिल्म कानुनी समस्यामा फसेको छ ।
मनी कन्ट्रोलका अनुसार मधु मन्टेनाको कम्पनी अल्लु मन्टेना मिडिया भेन्चर्स एलएलपी र प्राइम फोकस टेक्नोलोजी लिमिटेडबिच ‘रामायण’ शीर्षकको अधिकारलाई लिएर विवाद भएको हो । दुई कम्पनीबिच सन् २०२४ को अप्रिलमा वार्ता भएको थियो र रिपोर्टका अनुसार प्राइम फोकस टेक्नोलोजिज लिमिटेडले पूर्ण भुक्तानी नगरेका कारण ‘रामायण’ को बौद्धिक सम्पत्ति अधिकार प्राप्त गर्न असफल भएको थियो।
अल्लु मान्टेना मिडिया भेन्चर्स एलएलपीले रामायणको अधिकार अझै पनि आफ्नो सम्पत्ति रहेको दाबी गरेको छ । उसले प्राइम फोकस टेक्नोलोजी वा फिल्म निर्माणसँग सम्बन्धित कुनै कम्पनीले पटकथा र सामग्री प्रयोग गरेमा प्रतिलिपि अधिकार हनन हुने उल्लेख गरेको छ ।
उसले प्राइम फोकस टेक्नोलोजी लिमिटेडको रामायणमा कुनै अधिकार नभएको पनि बताएको छ । उसले अधिकारको संरक्षणको कुरा आएमा कानुनी कारबाही गर्न नहिचकिचाउने पनि जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण