रियलको रेकर्ड जित
मड्रिड । हालै लिग उपाधि जितेको रियल मड्रिडले ग्रानाडालाई हराउँदै ला लिगामा आफ्नो अपराजित यात्राको नयाँ क्लब रेकर्ड बनाएको छ । शनिबार राति भएको खेलमा रियल ४–० गोलले विजयी बनेको हो ।
योसँगै कार्लो एन्चेलोटीको टोलीले एउटै लिग सिजनमा अपराजित खेलको शृङ्खला २९ पुर्याएको छ । यसअघि टोलीले सन् १९८९-९० सिजनमा जोन टोसाकको नेतृत्वमा लगातार २८ खेलमा अपराजित रहेको रेकर्ड बनाएको थियो ।
खेलको ३८ औँ मिनेटमा फ्रान गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा युवा खेलाडी आर्डा गुलेरले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा ब्राहिम डियाजले दुई गोल गरेपछि रियलले सजिलै खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता रियलसँग पराजय बेहोरेपछि र उता मायोर्काले लास पालमासलाई हराएसँगै ग्रानाडा रेलिगेसनमा परेको छ ।
३५ खेलबाट रियलको ९० अङ्क रहेको छ । ग्रानाडा भने ३५ खेलबाट २१ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ । टोलीले सिजनमा ४ खेलमा जित, ९ खेलमा बराबरी र २२ खेलमा पराजय बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, राष्ट्रिय प्राथमिकताका विषयमा छलफल हुने
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण