जिबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही
काठमाडौँ । सभामुख र दलका प्रमुख सचेतकबिचको छलफल सकिएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा आइतबार बिहान भएको छलफलमा सरकारको नीति तथा कार्यक्रम र संसदीय छानबिन समितिबारे छलफल भएको थियो ।
छलफलमा कांग्रेसले संसदीय समिति छानबिनको अडान कायमै राखेको थियो । सभामुखसँगको छलफलपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै अव प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने अवस्था आएको बताए ।
‘हामीले गृहमन्त्रीको कुरा विश्वास गर्र्नैपर्छ । यदि उहाँको कुरा साँचो हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ’, शाहीले सञ्चारकर्मीसँग भने, ‘गृहमन्त्रीले पक्राउपुर्जी जारी गर्नुपर्छ ।’
शाहीले शनिबार चितवनमा पुगेर सहकारी ठग जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर बोलेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण