जिबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौँ । सभामुख र दलका प्रमुख सचेतकबिचको छलफल सकिएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा आइतबार बिहान भएको छलफलमा सरकारको नीति तथा कार्यक्रम र संसदीय छानबिन समितिबारे छलफल भएको थियो ।
छलफलमा कांग्रेसले संसदीय समिति छानबिनको अडान कायमै राखेको थियो । सभामुखसँगको छलफलपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै अव प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने अवस्था आएको बताए ।
‘हामीले गृहमन्त्रीको कुरा विश्वास गर्र्नैपर्छ । यदि उहाँको कुरा साँचो हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ’, शाहीले सञ्चारकर्मीसँग भने, ‘गृहमन्त्रीले पक्राउपुर्जी जारी गर्नुपर्छ ।’
शाहीले शनिबार चितवनमा पुगेर सहकारी ठग जिबी राईलाई प्रधानमन्त्रीले भगाएको भनेर बोलेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना